काठमाडौँ – अस्ट्रेलियाले प्याराग्वेविरुद्ध गोलरहित बराबरी खेल्दै २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा स्थान पक्का गरेको छ।
क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा बिहीबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा सकिएको थियो। उक्त नतिजासँगै अस्ट्रेलियाले ४ अङ्क जोड्दै समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गर्‍यो।
अस्ट्रेलियाले समूह चरणको पहिलो खेलमा टर्कीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकासँग हार बेहोरेको थियो। निर्णायक खेलमा आवश्यक एक अङ्क बटुलेपछि टोलीले विश्वकपको नकआउट चरणमा तेस्रो पटक स्थान बनाउन सफल भएको हो।
यता, बराबरीपछि प्याराग्वेको पनि अर्को चरण पुग्ने आशा जीवित रहेको छ। टोली उत्कृष्ट तेस्रो स्थानमा रहने राष्ट्रहरूको सूचीमार्फत अन्तिम ३२ मा पुग्ने प्रतिस्पर्धामा रहेको छ।
यसै समूहको अर्को खेलमा टर्कीसँग ३–२ ले पराजित भए पनि अमेरिका यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरिसकेको