
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा अपेक्षाभन्दा निकै कम मतदान भएको छ।
निर्वाचन आयोगका अनुसार पाँच पदाधिकारी चयनका लागि भएको मतदानमा १,२८९ मत मात्र खसेको छ, जुन कुल प्रतिनिधिको करिब एक तिहाइ हो। यसअघि केन्द्रीय सदस्य निर्वाचनमा भने २,९५९ मत खसेको थियो।
महाधिवेशन लामो समयसम्म चलेपछि धेरै प्रतिनिधि मतदानअघि नै फर्किएकाले मतदान संख्या घटेको जनाइएको छ।
मतदान प्रक्रिया सम्पन्न भइसकेकाले निर्वाचन आयोगले केहीबेरमै पदाधिकारी निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) बेलुका समापन गर्ने तयारी गरिएको छ।
