
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी सभापति रवि लामिछानेले काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शपथसँगै उनीहरूले पार्टीको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
शपथ ग्रहण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। यद्यपि, कार्यक्रममा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन्।
