काठमाडौँ– नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७५ अमेरिकी डलर र