काठमाडौं: शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध ‘नेपो बेबी’ भन्दै विरोध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका शिक्षामन्त्री पोखरेललाई लक्षित गर्दै केही युवाले ‘नेपो बेबी’ भन्दै नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको परिचय र उनीहरूमाथिको थप अनुसन्धानबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

घटनापछि समारोह स्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।