काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंक (१.२१ प्रतिशत) ले घटेर २,७०१.३२ विन्दुमा झरेको छ। दिनभर ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै समूह घटेका छन्। उत्पादन तथा प्रशोधन, व्यापार र होटल समूहमा सबैभन्दा बढी गिरावट देखियो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। यस्तै एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा अपर सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी १३.३८ प्रतिशतले घटेको छ।

बजार विश्लेषकहरूले लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको र बजारमा अझै पनि अनिश्चितता कायम रहेको बताएका छन्।