काठमाडौं । रसुवाको बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् भने २७९ जना घाइते भएका छन्।
हालसम्म विभिन्न स्थानबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।