नगरपालिका क्षेत्रभित्र भवन निर्माणका क्रममा ‘स्ट्रक्चरल एनालाइसिस’ (संरचनात्मक विश्लेषण) को काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

दीपा नगरपालिकाको भवन तथा बस्ती विकास शाखा प्रमुखका रुपमा कार्यरत थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिइएको छ। उनीहरूलाई हिरासतमा राखी गैरकानुनी लाभ लिएको अभियोगमा थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।