काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देश शोकमा रहेका बेला आफ्ना बाबुआमालाई जोडेर प्रकाशित र प्रसारित समाचारबारे प्रतिक्रिया जनाएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्,‘संकटको घडीमा पनि यस्तो झुटो समाचार प्रकाशन गर्ने मिडिया र राजनीति गर्ने पात्रहरूको उद्देश्य एउटै हुन्छ, सामाजिक द्वन्द्व बढाउने र भड्काउने।’
जनता टाइम्स नामको एउटा अनलाइन पत्रिकाले पोखरेलका बाबुआमाको तस्बिरसहित चीनको मान सरोबरमा रहेको र हेलिकोप्टरले चार्टर गरेर ल्याएको भनी प्रकाशित र प्रशारित गरेको थियो।
यहि समाचारमा प्रतिक्रिया जनाउँदै पोखरेलले भनेका छन्,‘हो, मेरो बुवा आमा बाढीको बेला ल्हासामा हुनुहुन्थ्यो। तर उहाँहरूलाई सरकारले हेलिकप्टर चार्टर गरेको होइन। हिमालयन एयरलाइन्सको नियमित नागरिक उडानबाट नियमित हवाई शुल्क तिरेर केही दिनपछि उहाँहरू फर्किनुभएको हो।’
उनले सामाजिक द्वन्द्व बढाउनेहरूसँग सतर्क रहन पनि आग्रह गरेका छन्।

