काठमाडौ- प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने तय भएको छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
सभामुख डोलप्रसाद अर्यालले हालै भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको ठूलो जनधनको क्षतिबारे ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
शोक र समवेदना: संसद् सचिवालयका अनुसार उक्त विशेष प्रस्तावमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिनेछ।
२०८३ साल भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा पुर्याएको क्षतिप्रति बैठकले गहिरो दुःख व्यक्त गर्नेछ।
बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना प्रस्तावमार्फत गरिनेछ।

