काठमाडौं । अमेरिकी विदेशमन्त्री म्याक्रो रुबिओले रास्वपा सभापति रवि लामिछानेसँग आज टेलिफोन संवाद गरेका छन् ।
टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रास्वपाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको बताए । नेपाली नागरिकका साथसाथै नेपाल सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि उत्तिकै प्रतिबद्ध रहेको लामिछानेले विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका थिए ।
यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि रविले कृतज्ञता व्यक्त गरेका छन् । जवाफमा रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताए ।

