काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना देखिएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सबैलाई एकजुट बनाएर लैजाने प्रयास भइरहेको बताए।
उनले भने, ‘पार्टी टुक्रिने हो कि भन्ने सम्भावना देखिरहेको छु, तर हाम्रो प्रयास उनीहरूलाई पनि एकजुट बनाएर जाऔँ भन्नेमा छ। आउँदो १५ औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, सबैलाई एकजुट पारौँ, महाधिवेशनलाई सफल गरौँ।’
पार्टी अफ्ठेरो अवस्थामा रहेको भन्दै सबैलाई सकेसम्म मिलाएर जाने प्रयास हुने बताए।

