काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरी ९ सिम्ली हुँदै खलंगा जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको जानकारी आएको र परिचय खुल्न बाँकी भएको बताइएको छ । दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ११ जना घाइते भएको खबर छ ।
दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।



