काठमाडौं । सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ ।

सचिव बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

सिफारिसमा पहिलो नम्बरमा रहेका कालीप्रसाद पराजुली राष्ट्रिय महिला आयोगमा कार्यरत छन् ।