काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू सानेपा पुगेका छन्।
१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा कार्यसमितिमा ५१ जना नेताहरू आज सानेपा पुगेको दाबी गरिएको छ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आह्वान गरेपछि असन्तुष्ट नेताहरू सानेपा फर्किए।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू संस्थापन पक्षमा लागे।
देउवा छाडेर गगनतिर लाग्नेहरूमा डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ, गोविन्द भट्टराईलगायत रहेका छन्।
आज केन्द्रीय समितिको समायोजनको बैठक बसेर भोलिबाट महाधिवेशनमा होमिने कांग्रेसको तयारी छ। अधिकांश नेताहरू सानेपा फर्किएपछि बेग्लै महाधिवेशनको तयारी थालेको देउवा समूह दबाबमा परेको छ।

