काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालय बैठकले आज पनि निरन्तरता पाएको हो ।
हिजोको बैठकमा निर्वाचन समीक्षासँगै कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज विहान बस्न लागेको हो ।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ ।
आजदेखि सुरु हुने तीनदिने केन्द्रीय कमिटीको बैठक बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुदैछ ।
२०८२ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक हुन लागेको केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यले बोल्ने तालिका छ ।

