काठमाडौँ । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
उनले भनिन्, ‘बालबालिकाको अधिकार सर्वोपरि राखेर काम कारबाही गराउने विधेयकको स्पिरिट हो । नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन । अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ । सेवा दलमा तालिम लिने विषयवस्तुका विषयमा बालबालिकाको मानसिक तथा शारीरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ । त्यसको निश्चित मापदण्ड हुन्छ । सोहीअनुसार हुन्छ ।’
विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलको शिक्षालयमा तालिम हुने भनिएको छ । तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन मन्त्री गौतमले जानकारी दिइन् ।

