काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूलाई रोस्टममा पुगेर बोल्नुअघि तयारी गर्नको लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ।

रोस्टममा बोल्नका लागि आफ्नो पालो कुर्ने सांसदहरूका लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको हो।

सदनमा बोल्न आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै तयारी अवस्थामा बस्न सक्ने सभामुखको सचिवालयले जनाएको छ।

यो व्यवस्थापछि प्रत्येक सदस्यले रोस्टममा पुगेर बोल्न लाग्ने समयमध्ये औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुनेछ।