काठमाडौं । इन्द्रजात्राका अवसरमा आयोजना गरिने विशेष कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल अपराह्न ३ बजे बसन्तपुर पुग्दैछन् ।
प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति त्यहाँ जाने राष्ट्रपति कार्यालयले जनाएको छ । उनले त्यहाँ जात्रा अवलोकन गर्नेछन् । त्यसक्रममा उनी जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्ने कार्यक्रम छ ।
जात्राका अवसरमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिने छन् ।
उक्त जात्राका क्रममा वर्षेनी भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू हुन्छ । आज इन्द्रजात्राको मुख्य दिन हो ।

