काठमाडौँ- हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३ कारङका अन्दाजी ४५ वर्षिय चक्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जंगलमा काठ काट्न गएका बेला भालुले आक्रमण गरी उनलाई घाइते बनाएको हुम्लाका डीएसपी शंकर खडकाले बताए। भालुको आक्रमणबाट शाहीको टाउको ,अनुहार र शरिरको विभित्र भागमा चोट रहेको उनले बताए।

उपचारका लागि उनलाई जिल्ला अस्पताल सिमकोट ल्याउँदै गरेको खडकाको भनाइ छ।