काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।

तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए

मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ ।

सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो ।

विवादपछि मतदान रोकिएको थियो ।