कामाडौँ । महोत्तरीसहित नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा आजदेखि चार दिनसम्म मनाइने चैती छठ पर्व विधिवत् सुरु भएको छ। तराईका विभिन्न जिल्लामा नदी, पोखरी र तलाउ किनारमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

सूर्य उपासनामा आधारित यस पर्वमा व्रतीहरूले पहिलो दिन ‘नहा खा’ गर्दै शुद्धिकरण गर्छन् भने दोस्रो दिन ‘खर्ना’मा उपवास बस्छन्। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ र अन्तिम दिन बिहान उदाउँदो सूर्यको पूजा गरी पर्व सम्पन्न गरिन्छ।

पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित मनाइने यो पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीकका रूपमा पनि परिचित छ।