काठमाडौं । प्रहरीले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार (चैत २०) उनलाई पक्राउ गरेको हो ।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ । सचिवालयले उनलाई सीआईबीले पक्राउ गरेको जनाएको छ ।

