काठमाडौं। लायन्स क्लब अफ काठमाडौं निर्वानाले नयाँ नेतृत्व चयन गरेको छ। क्लबको वार्षिक साधारणसभाबाट सन् २०२६/२०२७ कार्यकालका लागि राजनराज खनाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।
नवनिर्वाचित अध्यक्ष खनालले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
खनालले विशेषगरी सामाजिक सेवा, मानव कल्याण र समुदाय विकासका क्षेत्रमा क्लबको भूमिका सशक्त बनाउने लक्ष्य लिएको बताए। साथै उनले क्लबका चार्टर प्रेसिडेन्ट भोजराज न्यौपाने, पूर्व अध्यक्षहरू हरि मैनाली र कर्ण विश्वकर्मा तथा वरिष्ठ सदस्यहरूलाई सहयोग र मार्गदर्शनका लागि धन्यवाद व्यक्त गरे।
क्लबको नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउने योजना बनाएको जनाएको छ।