काठमाडौँ । प्रतिनिधिसभाको नियमावली लेखनका लागि १५ सदस्य नियमावली मस्यौदा समिति गठन भएको छ।

सोमबार सांसद कविन्द्र बुर्लाकोटीको प्रस्तावमा संसदले रास्वपाका सांसद गणेश पराजुलीको सभापतित्वमा मस्यौदा समिति गठन गरिएको हो।

समितिको सदस्यहरुमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्वु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, धुव्रराज राई सदस्य छन्।

त्यस्तै समितिमा सांसदहरु निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव, र सुलभ खरेल छन्।

समितिले १४ दिनभित्र काम सक्नुपर्नेछ।