काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरिएको छ । मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकबाट पण्डितलाई उक्त पदमा नियुक्त गरिएको हो ।
रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा अर्थ मन्त्रालयको प्रस्तावानुसार पण्डितलाई नियुक्त गरिएको संघीय मामिला तथा प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
यसअघिका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल चैत २४ गते नै सकिएको हो । उनीहरूको अवकाशसँगै दुई पद रिक्त भएको थियो ।
पण्डित राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत हुन् ।

