काठमाडौं । सरकारले सवारी भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्तरप्रदेश भाडादर समायोजन गरेको हो ।

नेपाल आयल निगलले पेट्रोल–डिजेलको मूल्य बढाएसँगै व्यवसायीले भाडादर संयोजन गर्न सरकारसँग आग्रह गरेका थिए । यससँगै सरकारले २२ प्रतिशतसम्म भाडा बढाएको छ ।