काठमाडौं । जेनजी’ आन्दोलनमा दमन गरेको आरोपमा हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले नियन्त्रणमुक्त गरेको छ। उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पताल बाटै परिवारको जिम्मा लगाएर रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीको स्वास्थ्य संवेदनशील रहेकाले चिकित्सकीय सल्लाहअनुसार उनलाई अस्पतालमैबाट रिहा गरिएको हो। अब उनको उपचार र बसाइ चिकित्सकको सिफारिसअनुसार अगाडि बढ्ने जनाइएको छ।

यसैबीच, पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर मुक्त गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई हिरासतबाट छाडिएको हो।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे गौरीबहादुर कार्की आयोग को सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।

प्रहरीले दुवै प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ।