काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सम्बन्धित स्थानहरूमा छापा मारेको छ।
मंगलबार विभागको टोलीले उनीहरूको निजी निवाससँगै हिमालयन रि-इन्स्योरेन्स को कार्यालयमा छापा हानेको हो। छापाका क्रममा अनुसन्धानका लागि आवश्यक कागजात तथा विवरण संकलन गरिएको विभाग स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका दुवै व्यवसायी हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ। विभागले घटनासम्बन्धी थप तथ्यहरू संकलन गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

