इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामलाई शान्तिको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएको छ। लेबनानका राष्ट्रपति जोसेफ खलील औनले पनि यसलाई सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभएको छ। हिजबुल्लाहले युद्धविराम स्वीकार गर्ने सङ्केत दिएको छ ।
साथै, दक्षिणी लेबनानबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग पनि राखिएको छ। यद्यपि, इजरायलले उक्त क्षेत्रमा १० किलोमिटरको ‘सुरक्षा क्षेत्र’ कायम राख्ने अडान दोहोर्याएको छ, जसले भविष्यमा तनाव रहने संकेत देखिएको छ।

