काठमाडौं । श्रम अदालतले गोरखा मिडिया नेटवर्क प्रालिअन्तर्गत ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन अध्यक्ष जीबी राई र सञ्चालक कुमार रम्तेल लगायतलाई श्रमजीवी पत्रकारको बक्यौता पारिश्रमिक भुक्तानी गर्न आदेश दिएको छ।

श्रम कार्यालयको निर्णय सदर गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो। पत्रकार वासु खड्कासहित ९४ जना पत्रकारले लामो समयदेखि तलब तथा सेवासुविधा नपाएको भन्दै अदालत गुहारेका थिए।

पत्रकारहरूले ०८० जेठदेखि टेलिभिजन बन्द हुँदासम्मको पारिश्रमिक, उपचार खर्च र सामाजिक सुरक्षा कोषको रकम माग गरेका छन्। अदालतको आदेशसँगै पीडित पत्रकारलाई न्याय पाउने आशा बढेको छ।