काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध उठेका सेयर लगानीसम्बन्धी आरोपप्रति स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार प्रतिक्रिया दिँदै उनले व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर खरिद गरेको भन्ने समाचारलाई अस्वीकार गरेका हुन्।

गुरुङले आफ्नो सम्पत्ति विवरणमा दुई करोड रुपैयाँभन्दा बढीको सेयर लगानी खुला रूपमा उल्लेख गरिएको दाबी गर्दै उक्त लगानी लुकाइएको भन्ने आरोप निराधार भएको बताएका छन्। “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू स्पष्ट रूपमा सम्पत्ति विवरणमै समावेश गरेको छु,” उनले उल्लेख गरेका छन्।

उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहअन्तर्गत पर्ने भएकाले यो लुकाउने विषय नभई वर्गीकरणको विषय मात्र हो। “लुकाउने मनसाय भएको व्यक्तिले यति ठूलो रकम खुला रूपमा सार्वजनिक गर्दैन,” उनले स्पष्ट पारे।
गृहमन्त्री गुरुङले मन्त्री बन्नुअघि नै सेयरमा लगानी गरेको उल्लेख गर्दै सेयर बजारमा लगानी गर्नु कुनै अपराध नभएको तर्क पनि अघि सारेका छन्।
“यो देशमा सेयरमा लगानी कहिलेदेखि अपराध भयो?” भन्दै उनले सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत पारदर्शी ढंगले भएको दाबी गरेका छन्।
यस प्रकरणले राजनीतिक वृत्तमा बहस सिर्जना गरिरहेको बेला गृहमन्त्रीको स्पष्टीकरणपछि विषयले थप चर्चा पाउने देखिएको