काठमाडौं – सरकारले सुकुम्वासी हटाउने विषयमा कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिँदै यस्तो बताएका हुन्।
हालै विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने विषयमा भइरहेको चर्चा र चासोबीच प्रवक्ता पोखरेलले मन्त्रिपरिषद्बाट त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पार्दै भ्रममा नपर्न आग्रह गरे।
उनले सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै भने, “मन्त्रिपरिषद्बाट सुकुम्वासी हटाउनेबारे कुनै निर्णय भएको छैन।”
सरकारले नीतिगत रूपमा व्यवस्थित बसोबास र उचित व्यवस्थापनको पक्षमा रहे पनि तत्काल सुकुम्वासी हटाउने निर्णय नभएको उनको भनाइ थियो।