काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अझै टुंगोमा पुगेको छैन।

प्रहरी स्रोतका अनुसार रेड नोटिसका लागि गरिएको पहल एक महिनादेखि प्रक्रियामै रहे पनि अन्तिम निर्णय भने आउन सकेको छैन। प्रहरी प्रधान कार्यालयका एक अधिकारीले देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्ने विषय अझै अध्ययन तथा समन्वयकै चरणमा रहेको बताएका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, अन्तर्राष्ट्रिय स्तरमा खोजी प्रक्रिया अघि बढाउन आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा हुन बाँकी रहेको जनाइएको छ।

यस प्रकरणले नेपाली राजनीतिक वृत्तमा समेत चासो बढाएको छ भने सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय जारी रहेको बताइएको छ।