काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो। निर्वाचनमा विभिन्न पदका लागि कडा प्रतिस्पर्धा देखिएको थियो।
एसोसियटतर्फ सदस्य पदका उम्मेदवार सचिन ढकालले सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन्। उनले कुल १३१८ मत ल्याउँदै प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजयी भएका हुन्।
ढकालले IME Group बाट उम्मेदवारी दिएका थिए। उनको जितलाई व्यवसायिक क्षेत्रमा प्रभावशाली उपस्थिति र संगठनात्मक समर्थनको परिणामका रूपमा हेरिएको छ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा निजी क्षेत्रको प्रवर्द्धन, उद्योग व्यवसायको विकास र नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

