काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भेला तथा अधिवेशनसम्बन्धी विशेष तालिका स्वीकृत गर्दै उक्त निर्णय गरेको हो।
निर्णयअनुसार, जेठ २ गते वडा भेला (समिति गठन नभएका वडाहरूमा) र जेठ ३ गते वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा) हुनेछ।
त्यस्तै, जेठ ९ गते पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा) तथा जेठ १० गते पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा) आयोजना गरिनेछ।
यसैगरी, जेठ १६ गते बाँकी वडाहरूको अधिवेशन र जेठ १७ गते बाँकी पालिकाहरूको अधिवेशन सम्पन्न गरिने तालिका तय गरिएको छ।
रास्वपाले जिल्ला अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने र स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

