काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजबाट सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए। सरकारका आगामी नीति तथा कार्यक्रम, बजेट तयारी, तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न अधिवेशन बोलाइएको हो।

यस अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीसँगै विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ। साथै प्रमुख राजनीतिक दलहरूबीच समसामयिक राष्ट्रिय मुद्दामा तीव्र बहस हुने सम्भावना पनि रहेको छ।