काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) अनुसार राईलाई सचिव पदबाट पदमुक्त गरिएको हो।

हर्कराज राई लामो समयदेखि प्रतिनिधिसभा सचिवालयमा कार्यरत थिए। उनको पदमुक्तिसँगै अब प्रतिनिधिसभा सचिवालयको प्रशासनिक नेतृत्वमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सरकार वा संसद सचिवालयले उनको पदमुक्तिको विस्तृत कारण भने सार्वजनिक गरेको छैन। यस घटनालाई संसद सचिवालयभित्रको प्रशासनिक फेरबदलको रूपमा हेरिएको छ।