काठमाडौं । प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले विरोध जनाएका हुन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री बिना छलफल अगाडि बढाउन नहुने भन्दै नाराबाजीसहित बैठक अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर प्रस्ताव पेस गर्नुपर्ने माग गरेका थिए ।
सदनमा लगातार अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले परिस्थिति सामान्य बनाउन बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । संसद् बैठक पुनः सञ्चालनका लागि दलहरूबीच छलफल जारी रहेको बताएको छ ।

