काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् आइतबार छापावाल सुन २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार उच्च बिन्दुमा पुगेकाले खरिदकर्ताहरूमा चासो बढेको छ भने चाँदीको मूल्यमा सामान्य कमी आएको छ।