काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार (जेठ १७ गते) सुन र चाँदीको मूल्यमा अप्रत्याशित र ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ।
मूल्यमा आएको यो ठूलो बुमपछि बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार (जेठ १५ गते) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि उच्च विन्दुमा
सुनसँगै चाँदीको मूल्यमा पनि आज भारी वृद्धि रेकर्ड गरिएको छ। चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

