काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल को सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, विभिन्न मन्त्रालयका नियमित कार्यसूची तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। साथै, केही महत्त्वपूर्ण प्रशासनिक तथा विकाससम्बन्धी प्रस्तावहरूमा निर्णय गरिने अपेक्षा गरिएको छ।
सरकारले चालु आर्थिक वर्षका कार्यक्रमहरूको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा समसामयिक राष्ट्रिय विषयहरूमा पनि बैठकमार्फत आवश्यक निर्णय लिन सक्ने बताइएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने सरकार स्रोतले जनाएको छ।

