काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह मन्त्रालयमा पुनः सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीका रूपमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार मन्त्रिपरिषद्मा आज दुई मन्त्री थपिनेछन्। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।
गृह मन्त्रालयको जिम्मेवारी फेरि गुरुङले सम्हाल्ने भएका छन् भने नवप्रवर्तन तथा प्रविधि क्षेत्रको नेतृत्व महावीर पुनले गर्नेछन्। मन्त्रिपरिषद् विस्तारसँगै सरकारले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

