काठमाडौं । विश्वकप अन्तर्गत समूह ‘आई’को खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
खेलको २०औँ मिनेटमा रोमानो स्मिदले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको अष्ट्रियाविरुद्ध जोर्डनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने प्रयास गरेको थियो।
५०औँ मिनेटमा जोर्डनका यार्जब अलराबले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। तर ७६औँ मिनेटमा उनैले आत्मघाती गोल गरेपछि अष्ट्रियाले पुनः अग्रता बनायो।
खेलको अन्तिम समयमा अष्ट्रियाका मार्को अर्नाउटोभिकले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यससँगै अष्ट्रियाले ३–१ को सहज जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो।
यस जितसँगै अष्ट्रियाले समूह ‘आई’को अंक तालिकामा तीन अंक जोडेको छ भने जोर्डन भने अंकविहीन बनेको छ।

