काठमाडौं – फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै अब सबैको ध्यान नकआउट चरणतर्फ केन्द्रित भएको छ। एक खेलको हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले अब हरेक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ।
इंग्ल्यान्ड, बेल्जियम, स्पेन, पोर्चुगल, अर्जेन्टिना, कोलम्बिया, अमेरिका र स्वीट्जरल्यान्डजस्ता दाबेदार टोलीहरू अन्तिम ३२ मा आमनेसामने हुँदैछन्।
असार १८ गते (जुलाई २)
राती ९:४५ बजे – इंग्ल्यान्ड /डीआर कंगो
विहान १:४५ बजे – बेल्जियम /सेनेगल
विहान ५:४५ बजे – अमेरिका / बोस्निया
असार १९ गते (जुलाई ३)
मध्यराति १२:४५ बजे – स्पेन / अस्ट्रिया
विहान ४:४५ बजे – पोर्चुगल/क्रोएसिया
विहान ८:४५ बजे – स्वीट्जरल्यान्ड /अल्जेरिया
राती ११:४५ बजे – अस्ट्रेलिया /इजिप्ट
असार २० गते (जुलाई ४)
विहान ३:४५ बजे – अर्जेन्टिना /केप भर्डे
विहान ७:१५ बजे – कोलम्बिया / घाना
विश्व फुटबलका समर्थकहरूको विशेष चासो इंग्ल्यान्ड–डीआर कंगो, पोर्चुगल–क्रोएसिया र अर्जेन्टिना–केप भर्डे बीचको खेलमा रहने अपेक्षा गरिएको छ। त्यस्तै बेल्जियम–सेनेगल तथा अमेरिका–बोस्निया भिडन्त पनि निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। नकआउट चरणमा कुनै पनि गल्ती महँगो पर्ने भएकाले सबै टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

