काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले वृद्धि भई दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा भएको यो वृद्धि पछिल्ला दिनहरूमध्ये उल्लेखनीय मानिएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १८० रुपैयाँले बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार ४५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन बुधबार चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

