काठमाडौं: नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाल फर्किन लागेको घोषणा गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले वर्तमान सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन्।

देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति पूर्ण आस्था रहेको उल्लेख गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई आह्वान गरेका छन्।

उनले आफ्नो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने महत्त्वपूर्ण निर्णयहरू गरिएको दाबी गर्दै ती कदमहरू नेपाली कांग्रेसका प्राथमिकताअनुसार अघि बढाइएको बताएका छन्। साथै, लोकतान्त्रिक मूल्य र संविधानको रक्षामा आफ्नो