काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले इतर पक्षको हालैको भेलाले राष्ट्रिय भेला गर्ने निर्णय गरेअनुसार साउन २९ गते देशभरका नेता–कार्यकर्ताको सहभागितामा भेला आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार भेलाको स्थान भने पछि तय गरिनेछ। राष्ट्रिय भेलामार्फत पार्टीको समसामयिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।