काठमाडौं: धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
सीआईबीको टोलीले बिहीबार साउन ७ गते काठमाडौंको सिफल क्षेत्रबाट रिमाललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर राणाका अनुसार रिमाल लामो समयदेखि फरार प्रतिवादीका रूपमा खोजीमा थिए।
यसै प्रकरणमा व्यवसायी दीपक भट्टको समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हाल न्यायिक हिरासतमा छन्। उनीसहित अन्य व्यक्तिले अवैध रूपमा सेयर हस्तान्तरण (ट्रान्सफर) गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

