किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण गर्दा भएको भीषण विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
किएभको पश्चिमी बाहिरी क्षेत्रमा पर्ने मिला शहरस्थित उक्त डिपोमा ‘विस्फोटक वस्तु’ भण्डारण गरिएको युक्रेनी अभियोजकहरूले बताएका छन्। आक्रमणपछि डिपोमा ठूलो आगलागी हुनुका साथै लगातार विस्फोट भएको र त्यसबाट आसपासका आवासीय क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ।

